३२ असार २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको छ । यससँगै चाँदी आज प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ ।