२७ जेष्ठ २०८३, बुधबार

जेनजी आन्दोलनका नाममा झापामा जलाइएका संरचनाको अवलोकनमा अध्यक्ष ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा झापा जिल्लामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गरेका छन् ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुगेका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नुअघि जलाइएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गरेका छन् । यसै क्रममा अध्यक्ष ओलीले आजै दमक टावर, नगरपालिका कार्यालय, पार्टी कार्यालय, अन्य सार्वजनिक संरचनाहरू तथा निजी निवासको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदै छन् ।