काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै समय तोकेको छ ।
तोकिएको समयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न १ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले अपराह्न २ बजे, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपराह्न २ः३० बजे, नेपाल कम्युनिष्ट पार्टीले अपराह्न ३ बजे र नेपाली कांग्रेसले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्नेछन् ।
उम्मेदवारी दर्ताका क्रममा आवश्यक पर्ने कागजातबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधिलाई मनोनयन पत्रसहित प्रस्तुत गर्नुपर्ने सम्पूर्ण विवरण उपलब्ध गराउने र सोबारे जानकारी गराउने निर्णय गरिएको छ । बैठकले निर्वाचन आयोगबाट जारी निर्देशन, निर्देशिका, परिपत्र, निर्वाचन आचारसंहिता तथा प्रचलित ऐन–कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तै, आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।










प्रतिक्रिया