१८ असार २०८३, बिहिबार

कुलमान, बब्लु, जगदीशपछि मन्त्री महावीर पुनले पनि दिए राजीनामा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !’

हिजोमात्रै खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । त्यसअघि २३ पुसमा कुलमान घिसिङले ऊर्जामन्त्रीबाट राजीनामा दिएका थिए ।