१७ असार २०८३, बुधबार

झापाबाट अध्यक्ष ओलीको सन्देश– हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको बताउँदे मंगलबार बिहानीको सन्देश प्रवाह गरेका छन् ।

झापा–५ बाट उम्मेदवारी दिन सोमबार दमक आएका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनाहरुलाई आजैबाट रोपाइँ सुरु हुने सन्देश दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक वालमा अध्यक्ष ओलीले भनेका छन्– ‘शुभ विहानी ! हाम्रो लागि आज एक विशेष दिन हो । हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ ।’

‘हामीलाई पूरा विश्वास छ– हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ । जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ । आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ । हामी नेपाली सबैको जय होस् !’ अध्यक्ष ओलीले भनेका छन् ।