२८ जेष्ठ २०८३, बिहिबार

कांग्रेसले बेलुकासम्म उम्मेदवार टुंगो लगाउँने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बेलुकासम्म उम्मेदवार टुंगो लगाउने बताएका छन् । पार्टीभित्र सहमतिको प्रयास जारी राखेका कारण टिकट वितरणमा केही ढिलाइ भएको भए पनि बेलुकासम्म टुंगो लगाउने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

“उम्मेदवार छान्ने अन्तिम तयारीमा छौँ । भिन्न तरिकाले गर्नुपर्छ भन्ने प्रयास जारी छ,” उनले भनेका छन्, “तलैबाट छान्नुपर्छ भन्ने विधानमा व्यवस्था गरेका छौँ । कहीँ मिलाइएको छ कहीँ मिलाइएको छैन । निर्वाचन आयोगपछि पनि केही साथीहरु चित्त बुझेन भनेर कानुनी परीक्षणमा जानुभएको छ । तर हिजो साँझसम्म सहमतिको प्रयास रह्यो ।”

उनले अझै पनि सहमतिका आधारमा टिकट वितरण गर्ने प्रयास गरेको बताउँदै भनेका छन्, “समयको चाप रहेको छ । सकेसम्म मिलाउने प्रयास गरेको छु । समावेशी बनाउने र न्यायको अनुभूति गराउने प्रयास छ । विशिष्ट अवस्थामा छौँ । सिफारिसको काम टुंगिएको हुँदा हात बाँधिएको छ । हिजो साँझसम्म सबैको बीचमा एकता कायम गर्ने संवाद गर्ने समझदारी गर्ने विषयमा केही अप्ठेरो भएको छ ।”