३० असार २०८३, मंगलबार

एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा करिव १५० बर्षको लामो इतिहास बोकेको एम.भी.दुगड ग्रुपका अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति मोतीलाल दुगड ८० औं बर्षमा प्रवेश गरेका अवसरमा एमभी दुगड ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उनको ८०औं बर्ष प्रवेशको उपलक्ष्यमा आज माघ ४ गते नेपाल भर रहेका एमभी दुगड ग्रुपको अटो डिभीजन र हाईड्रो डिभीजनका कर्मचारीहरुको सहभागितामा “तपांईको एक थोपा, कसैको जीवन ।” भन्ने मूल नाराका साथ यस ग्रुपको हाईड्रोको १ स्थान तथा अटोमोवाईल्सका पूर्व मेची देखि पश्चिम महाकाली सम्मका शाखाहरु गरी १६ स्थान र ३ वटा डिलरहरु समेत गरी नेपालको सातवटै प्रदेशमा २० वटा स्थानहरुबाट एकै दिनमा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक र क्यूरा हेल्थको सहयोगमा ५७८ जनाबाट पाँच सय अठहत्तर प्वाईन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराईएको हो ।

त्यसमध्येको रगतबाट वीरगंज, बुटवल र धनगढीमा गरी ३ जना विरामीको तत्कालै ज्यान जोगाउन सकिएको समेत कम्पनीले जानकारी दिएको छ ।

रक्तदान कार्यक्रममा ग्रुपका कर्मचारीहरु लगायत रक्तदान स्थानको वरपरका अन्यको समेत सक्रिय सहभागिता थियो ।