२१ असार २०८३, आइतबार

भेटायोले ल्यायो गिजर मर्मत तथा जडान सेवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको अग्रणी अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले यो जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल गिजर मर्मत, जडान सेवा सुरु गरेको छ ।

यो सेवा १००० रुपैयाँबाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

किन चाहिन्छ नियमित गिजर सेवा ?

कम्पनीका अनुसार जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर बिग्रने समस्या धेरै देखिन्छ । सामान्य समस्याहरूमा पानी ततिन ढिलो हुनु, गिजरले पानी तताउन छाड्नु, अनौठो आवाज आउनु, पानी विस्तारै बग्ने, अत्यधिक बिजुली खपत, र गिजरबाट करेन्ट लाग्ने जस्ता जोखिमहरु हुन्छ । यस्ता समस्याले पुरै परिवारको दैनिकी असहज बनाइदिन्छ । गिजर निरन्तर चल्ने उपकरण भएकाले ६ महिनामा एकपटक वा कम्तिमा वर्षमा एकपटक सेवा अनिवार्य हुन्छ ।

भेटायोले कस्तो सेवा दिन्छ ?

कम्पनीका अनुसार भेटायोले छिटो, सुरक्षित र अनुभवी प्रमाणित प्राविधिकहरू मार्फत सेवा प्रदान गर्दछ । आफ्ना प्राविधिकहरूले सम्पूर्ण गिजर निरीक्षण, हीटिङ् कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार र जडान जाँच, स्केलिङ हटाउने र पूर्ण सफाइ, सुरक्षा जाँच, र नयाँ गिजर जडान (पर्खालमा जडान, पाइप सेटिङ्, तार जडानसहित) जस्ता कार्यहरू गर्छन् । नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने, तताउने क्षमता सुधार्ने, सुरक्षा जोखिम कम गर्ने, र पानी तताउने गति तेज गर्ने जस्ता कुरामा फाइदा पुर्‍याउँछ । यसले जाडोमा निरन्तर तातो पानी सुनिश्चित गर्छ र परिवारलाई असहज परिस्थितिबाट बचाउँछ ।

गिजर मर्मत वा जडान सेवा कसरी बुक गर्ने ?

कम्पनीका अनुसार भेटायो एप डाउनलोड गरेर वा फोन ९८०१०८८०८० मार्फत सेवा बुक गर्न सकिनेछ ।