काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आजदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डबाट पुस १३ गते प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइमध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ (चौध) प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ (एक) प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो । फण्डको न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि इकाइ बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ । फण्डको इकाइमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त योजनाको इकाइमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, सिडिएिस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आश्वा प्रणलीमार्फत पनि आवेदन दिन सक्नेछन् ।









प्रतिक्रिया