२३ जेष्ठ २०८३, शनिबार

साफ फुटसल च्याम्पियनसिप : पुरुषतर्फ भारतविरुद्ध नेपालको रोमाञ्चक बराबरी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फ नेपाली राष्ट्रिय टिमले भारतसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको छ ।

आइतबार बैंककमा भएको खेलमा नेपालका विक्रान्तनरसिंह राणा, अमित लामा र विजय श्रेष्ठले गोल गरे । भारतका लाल्तलुआन्जेला, अनमोल अधिकारी र निखिल राजेन्द्र मालीले गोल गरे ।

दुवै टिमले पहिलो हाफमा समान एक र दोस्रो हाफमा दुई–दुई गोल गरेका हुन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध २–१ को जित निकालेको थियो । यता, भारतले भने पहिलो खेलमा बंगलादेशसँग ४–४ को बराबरी खेलेको थियो ।

बराबरीसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समान खेल खेलेको भारतले भने दुई अंक जोडेको छ ।