अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले यसअघि दिएकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय आइतबार सुनाएको हो ।
आज अन्तरिम आदेश दनिुअघि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रकृया सम्बन्धी सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।








प्रतिक्रिया