३० आश्विन २०८३, शुक्रबार

ट्रम्पको ट्यारिफ घोषणापछि ईयूका राजदूतले बोलाए आपत्कालीन बैठक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा लिने प्रस्तावको विरोध गर्ने सहयोगी देशहरूलाई भन्सारशुल्क लगाउने धम्की दिएपछि युरोपेली संघ (ईयू)का राजदूतहरू आपत्कालीन बैठक बस्ने भएका छन् ।

ट्रम्पले डेन्मार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट आउने सामानमा कर बढाउने घोषणा गरेका थिए । १ फेब्रुअरीदेखि १० प्रतिशत ट्यारिफ शुल्क लाग्ने र पछि बढेर २५ प्रतिशत पुग्ने बताएका छन् ।

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्पको धम्कीलाई पूर्णतः गलत भएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले यो प्रस्ताव अस्वीकार्य भएको बताएका छन् ।

ट्रम्पले अमेरिकी सुरक्षा हितका लागि ग्रीनल्यान्ड अमेरिकाको स्वामित्वमा हुनै पर्ने दाबी गर्दै आवश्यकता परे बल प्रयोग गर्ने सम्भावनालाई पनि नकारेका छैनन् ।

धेरै युरोपेली देशमा ट्यारिफ लगाउने ट्रम्पको धम्कीले साथीलाई शत्रुमा बदल्दै गरेको डेनमार्क संसद्का उपसभामुख लार्स–क्रिस्टियन ब्रास्कले बीबीसीसँग बताएका छन् ।

ब्रास्कले ट्रम्पले आफ्नै देशको सर्वोत्तम हितमा काम नगरिरहेको बताए । उनले अमेरिका र ईयूबीचको सम्बन्ध झन्झन् तनावपूर्ण हुँदै गएको र ट्रम्पको ताजा योजना ‘ब्ल्याकमेल’जस्तो देखिने बताए ।