३० असार २०८३, मंगलबार

फिल्म ‘बिगुल’ को रिलिज स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ ।

चलचित्रका निर्माता दिनेश कोइरालाले बिगुलको प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् । विशेष प्राबिधिक कारणले गर्दा बिगुलको प्रदर्शन स्थगित गरिएमा क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिए ।

रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।

देशको वर्तमान राजनीतिक अवस्था आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत चलचित्रका गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको अवस्थामा चलचित्र प्रदर्शन स्थगित गर्नु परेकोमा निर्देशक कोइरालाले पनि दुख ब्यक्त गरेका छन ।

उनले दर्शकको प्रतिक्षामा रहेको चलचित्र अझ धेरै धुमधामका साथ प्रदर्शन गरिने प्रतिबद्धता ब्यक्त गरेका छन । विगुल काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रका गीतमा बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन ।