१० असार २०८३, बुधबार

ट्रम्पलाई ‘अपराधी’ भन्दै खामेनीले भने– इरानमा जे भयो त्यसको जिम्मेवार अमेरिका नै हो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान । इरानी सर्वोच्च नेता आयतोल्लाह खामेनीले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रोश व्यक्त गरेका छन् । ट्रम्पलाई ‘अपराधी’को संज्ञा दिँदै खामेनीले इरानमा भएको जनधनको क्षतिको लागि अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार रहेको बताएका हुन् ।

इरानमा महिनौंदेखि चलिरहेको अशान्ति र हिंसात्मक विरोध प्रदर्शन शान्त भएपछि तेहरानमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै खामेनीले इरानमा हालै भएको अशान्ति स्वतःस्फूर्त प्रदर्शन नभई संयुक्त राज्य अमेरिकाको जानाजानी षड्यन्त्र भएको दाबी गरे ।

खामेनीका अनुसार अमेरिकाको उद्देश्य इरानको सार्वभौमसत्तालाई हानी पुर्‍याउनु र विरोधको आडमा देशमाथि नियन्त्रण स्थापित गर्नु थियो ।