सल्यान । नेकपा (एमाले) सल्यानले सबै पालिकाहरुमा सन्देशसभा तथा विस्तारित बैठक सम्पन्न गरेको छ । आज जिल्लाको कपुरकोट गाउँपालिकामा कार्यक्रम सम्पन्न भएसंगै दशवटै पालिकाहरुमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट तय भएका राजनीतिक नीति, कार्यक्रम र वैचारिक सन्देश प्रवाह गरिएको एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।
कपुरकोटको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द कुमार पुन, पार्टीका कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले सम्बोधन गदैं महाधिवेशनपछि पार्टी नयाँ नीति र कार्यदिशासहित अघि बढेको भन्दै पार्टी संगठनलाई आधारभूत तहसम्म सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका प्रतिनिधि लगायतले सम्बोधन गर्दै पार्टीको निर्णय कार्यान्वयन र जनतासँगको सम्बन्ध सुदृढ बनाउने काममा सबै तहका कमिटी सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
पालिका कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न रणनीति पनि तयार गएको एमाले कपुरकोटका अध्यक्ष मधुसूदन गिरीले जानकारी बताए ।
एमालेले यसअघि सल्यानको बनगाड कुपिण्डे नगरपालिका, शिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका, कालिमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा सहभागी नेताहरूले एमाले अब सशक्त राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित हुने दिशामा अघि बढिरहेको बताउँदै पार्टीभित्र अनुशासन, एकता, संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । यस्तै विभिन्न पालिकामा स्थानिय नेता कार्यकर्ताहरुले पार्टीलाई सुदृढ बनाउन सुझाव तथा सल्लाह पनि प्रदान गरेको एमाले सल्यानले जनाएको छ ।








प्रतिक्रिया