२७ जेष्ठ २०८३, बुधबार

चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ ।

प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ गीतमा छ । गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षणलगायत रहेको छ । गीतको भिजुअलमा निर्माण पक्षले मेहनत गरेको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ । महाशिवरात्रिको छोको पारेर चलचित्र ‘शिवांश’ फागुन १ गते रिलिज हुनेछ ।