१६ असार २०८३, मंगलबार

कांग्रेसमा गगन थापाको नेतृत्व स्वीकार्नुको विकल्प छैन : सुनिल शर्मा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकारेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगले आधिकारिकता दिलाएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकारेर संस्थापन पक्षका नेताहरू पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गरेका हुन् । उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको बताए ।

नेता शर्माले संस्थापन पक्षका नेताहरूलाई सभापति थापा, उपसभापति शर्मा लगायतका नेताहरूले मिलाएर लैजाने विश्वास व्यक्त गरे । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने र बहुमत ल्याई सभापति थापा प्रधानमन्त्री बन्ने दाबी गरे ।