काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादमार्फत समाधान हुने बताएका छन् ।
शनिबार पार्टी कार्यालय सानेपा जाँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा उनले भने– फेरि मिल्छ । मिलाउनुपर्छ । संवाद गर्नुपर्छ । विश्वमा लडाइँहरू हुन्छन्, फेरि मिलेकै हुन्छ । सबै मिलाइन्छ ।”
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो । यससँगै शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक अहिले पार्टी कार्यालय सानेपामा बसिरहेको छ । आयोगको निर्णय र आगाामी रणनीति तय गर्न बैठक बसेको बताइएको छ ।







प्रतिक्रिया