११ कार्तिक २०८३, बुधबार

कर्णालीलाई बेवास्ता गरिएको भन्दै रास्वपा केन्द्रीय कार्यालयमा रातभर धर्ना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घण्टीघरमा शुक्रबार बेलुकादेखि रातभर धर्ना दिइएको छ । हुम्ला जिल्ला सभापति लरजित परियार र नेता गणेश पाण्डेसहित कर्णालीका नेताकार्यकर्ताहरु धर्नामा बसेका हुन् ।

पार्टीको समानुपातिक सूचीमा कर्णालीको प्रतिनिधित्व नभएको र आदिवासी जनजाति क्लस्टरबाट समावेश टासी ल्हाजोमको नाम हटाइएकोप्रति असन्तुष्टि जनाउँदै धर्नामा बसिएको परियारले बताए । नेता पाण्डेले टासीले स्वयं नाम फिर्ता नलिएको दाबी गर्दै नेतृत्वको ध्यानाकर्षण गराउन धर्ना दिएको बताए ।

बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको थियो ।

टासीले भने आफूले नाम फिर्ता नलिएको र फ्रि तिब्बतसँग कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । साथै, नेतृत्वले आफूसँग कुनै सल्लाह नगरेको भन्दै यसबारे उपसभापति डिपी अर्यालसँग सोध्न आग्रह गरेकी छन् ।