–टेकराज पौडेल
जसले सञ्चारको माध्यम र सामाजिक सञ्जालको महत्व समयमै बुझ्यो, उसैले राजनीति नेतृत्व गर्यो भन्ने कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्रोसङ्ग बुझ्नुभएको छ । नेपाल र विश्वमै हेर्ने हो भने, पर्चापोस्टरको युगले राजनीतिक चेतना फैलायो, रेडियोले क्रान्तिका आवाज गाउँगाउँ पुर्यायो, टेलिभिजनले नेताहरूलाई जनतासँग प्रत्यक्ष चिनायो । तर २१ औं शताब्दीमा आइपुग्दा राजनीतिक संघर्षको केन्द्र अब मञ्च, सभा र भौतिक संरचना मात्रै रहेन । यो सरेर डिजिटल संसार विशेषतः सामाजिक सञ्जालमा पुगेको छ ।
सामाजिक सञ्जाल – विचारबाट आन्दोलनसम्म :-
सन् २०११ को अरब स्प्रिङ राजनीतिक इतिहासको एउटा निर्णायक मोड हो । सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरूले कैयौं दशक पुराना तानाशाही शासन हल्लाइदिए । २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, २०१४ भारतमा नरेन्द्र मोदीको डिजिटलअभियान, युरोप, ल्याटिन अमेरिका र एशियाका आन्दोलनहरू– यी सबैले देखाए कि सामाजिक सञ्जाल अब सहायक होइन, मुख्य राजनीतिक हतियार हो ।
आज फेसबुकले विचारलाई संगठनमा बदल्ने शक्ति राख्छ । ट्वीटर (एक्स)ले बहस र एजेन्डा तय गर्छ । टिकटकले छोटो समयमा भावना, असन्तुष्टि र आशालाई जनआन्दोलनमा रूपान्तरण गर्न सक्छ ।
आज फेसबुकले विचारलाई संगठनमा बदल्ने शक्ति राख्छ । ट्वीटर (एक्स) ले बहस र एजेन्डा तय गर्छ । टिकटकले छोटो समयमा भावना, असन्तुष्टि र आशालाई जनआन्दोलनमा रूपान्तरण गर्न सक्छ । बदलिँदो जनता, बदलिँदो राजनीति आजको जनता अब केवल भाषण सुन्ने श्रोता छैन । ऊ प्रश्न गर्छ, तुलना गर्छ, तथ्य खोज्छ र तुरुन्त प्रतिक्रिया दिन्छ । अब जनता अस्ति गगनको भाषण सुन्न काठमाडौको चिसो ठिहिरोमा रातिसङ्ग बस्दैन । सभामा आएका महाधिवेशन प्रतिनिधि नै मोबाइलमा आउने लाइभ हेर्नेगरी करिब आधा जसो सुन्धारा र बागबजार मै आइसकेका थिए ।
विशेषगरी युवा पुस्ता पार्टीको घोषणापत्रभन्दा नेताको डिजिटल व्यवहार हेर्छ । उसले नेताको बोली, शैली, पारदर्शिता र निरन्तरता सामाजिक सञ्जालमै मूल्याङ्कन गर्छ । यसर्थ, आज राजनीतिक पार्टी प्रभावकारी हुन केवल संगठन बलियो हुनु पर्याप्त छैन । फेरी सङ्गठन भएको अनुसाशित कार्यकर्ताको हिसाबले चुनाब जित्न ५० प्रतिशत योगदान हुन्छ तर सामाजिक सञ्जाल र अन्य गतिविधिको योग्दान बाँकी ५० प्रतिशत पनि हो ।
काठमाडौंमा बालेन साहलाई २०७९ को चुनाव जिताउन ‘रुटिन अफ नेपाल बन्द’ जस्ता एक दुई अन्य सञ्जालका पेजहरुले गरेको योगदानको इतिहासलाई कसैले बिर्सन सकिँदैन ।
काठमाडौंमा बालेन साहलाई २०७९ को चुनाव जिताउन ‘रुटिन अफ नेपाल बन्द’ जस्ता एक दुई अन्य सञ्जालका पेजहरुले गरेको योगदानको इतिहासलाई कसैले बिर्सन सकिँदैन । त्यति मात्र होइन गत भाद्र २३/२४ को विद्रोह र विध्वंसमा सामाजिक सञ्जाल भलै फेक आइडी किन नहुन तिनिहरुको अत्यधिक प्रयोगबाट नेपालको परम्परागत सत्ता विप्लवको घटना देखेपछि पनि सञ्जाललाई ठिक सङ्ग आफूहरुले युज गर्ने र नियमित, नियन्त्रण र उपयोग गर्ने सवालमा नजर अन्दाज गर्ने पार्टीहरुले अबको राजनीति नगर्दा हुन्छ ।
अब नेकपा (एमाले) डिजिटल रूपमा विश्वसनीय हुनु अनिवार्य छ । हिजो मात्र पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा शुभकामना दिनुभयो । केपी ओलीले पार्टीभित्रको निर्वाचन जितेको अवसरमा एक डोको बुकी फूल लिएर चाकडी गर्नुको साटो उहाँको शुभकामना मन्तव्य देख्ने बित्तिकै एमालेका जिम्मेवार नेताहरुले कम्तिमा शुभकामना छ है कम्रेड हाम्रो तर्फबाट पनि भनेर लेख्ने हो भने कति मज्जा हुन्थ्यो । हजारौंले कमेन्ट गरेको हिजोको स्टाटसमा सकारात्मक शुभकामना दिनेहरु जम्माजम्मी १० प्रतिशत थिए । बाँकी ९० प्रतिशतले ‘ओली तिमी अब फर्केर झापा न आउ यही नै तिम्रो लागि शुभकामना’ हुन्छ भनेर ब्यङ्गात्मक कमेन्ट गरे । नकारात्मक कमेन्ट गरे ।
सम्भवत अध्यक्ष ओलीले यही अवस्था देखेरै हुन सक्दछ । अब एमालेका नेता कार्यकर्ताले सामाजिक सञ्जालको भरपुर उपयोग गर्नु पर्दछ भन्ने आग्रह गरेको ।
सम्भवत अध्यक्ष ओलीले यही अवस्था देखेरै हुन सक्दछ । अब एमालेका नेता कार्यकर्ताले सामाजिक सञ्जालको भरपुर उपयोग गर्नु पर्दछ भन्ने आग्रह गरेको । एमालेको एउटा समस्या के हो ? भने आधुनिक डिजिटलाइज्ड गराउन नसकेको सङ्गठन हो भने एमालेभित्रै कै अन्य समस्या पनि नभएका होइनन् । साच्चै दूरदराज र कुना कन्दराको कुरा गर्ने हो साचो कुरा एमाले अध्यक्ष केपी ओलीलाई कसैले बताएकै छैन । अध्यक्षसङ्ग आफ्नो पद र अवसर गुम्छ भन्ने चिन्ताले तल सबै ठिकठाक गराएको छु भन्ने सूचना त केन्द्रीय नेताहरुले लगाउनु भएको छ । तर आगामी चुनाव पछि भने केही छरपस्ट त होला नै । तर तल कार्यकर्ताको कुरा के हो ? भन्ने गहिराइमा सम्भवत अध्यक्षज्यूले पनि बुझ्न नचाहेको हो कि झै पनि लाग्छ । मिसन ग्रास रुट लगायतका बेला पनि एमाले कार्यकर्ताको समस्या के हो ? अप्ठ्यारो के हो ? भन्ने भन्दा पनि पार्टी भित्रको अन्तरविरोध के हो ? र एउटा कम्युनिस्ट पार्टीले कार्यकर्ता जनतासङ्ग र जनताको आवाज कसरि मुखरित गराउने बारे खासै जमेर छ्लफल निकास र समाधान ननिकाली एउटा झारा टार्ने मात्र काम भएको देखियो ।
हिजो पञ्चायतमा मात्र होइन बहुदलीय व्यवस्थामा मेहनत, दुःख र पसिना बगाएका कार्यकर्ताभन्दा आज योगदान शून्य भएका, टाठाबाठा र गाठबाला हेरेर अवसर दिने गरेको र उनीहरुलाई निरास बनाएर जिम्मेवारी विहीन गराइदिने गर्दा एमाले साच्चै आधारभूत तहबाट नै कमजोर बनेको छ ।
हिजो पञ्चायतमा मात्र होइन बहुदलीय व्यवस्थामा मेहनत, दुःख र पसिना बगाएका कार्यकर्ताभन्दा आज योगदान शून्य भएका, टाठाबाठा र गाठबाला हेरेर अवसर दिने गरेको र उनीहरुलाई निरास बनाएर जिम्मेवारी विहीन गराइदिने गर्दा एमाले साच्चै आधारभूत तहबाट नै कमजोर बनेको छ । यति हुँदाहुँदै पनि एमालेलाई वर्तमान अवस्थाका चुनौती र अप्ठ्यारोबाट बाहिर ल्याउन जिम्मेवारी प्राप्त नेता कार्यकर्ताहरुले अहिलेको मुख्य समस्या सामाजिक सञ्जाल केवल प्रचारको माध्यम मात्रै होइन । यो उत्तरदायित्वको परीक्षा पनि हो । गलत सूचना, अफवाह र घृणात्मक अभिव्यक्तिले राजनीतिलाई कमजोर पनि बनाउन सक्छ । त्यसैले परिपक्व राजनीतिक पार्टीले सामाजिक सञ्जाललाई जिम्मेवार, तथ्यमा आधारित र जनसंवादको माध्यम बनाउनुपर्छ । जो पार्टी सामाजिक सञ्जाललाई हल्का रूपमा लिन्छ, वा केवल चुनावी हतियार ठान्छ, उही पार्टी भोलिको राजनीतिक प्रतिस्पर्धामा पछाडि पर्न बाध्य हुन्छ ।
देशमा भएका धेरै जसो राजनीति पार्टीहरुका छापा, विद्युतीय, र टेलिभिजन जस्ता मिडिया र प्रत्यक नगारिक नै पत्रकारको माध्यम बनेका बेला एमालेको नेतृत्वले सामाजिक सञ्जाल उपयोगबारे कार्यशालाको आयोजना गरेर अहिलेको निर्वाचन अघि नै कार्ययोजनासहित अघि नबढेमा अरुले व्यवस्थित सङ्गठन जुझारु कार्यकर्ता भनिदिएको भरमा मात्र नेकपा (एमाले)ले अपेक्षित सिट जित्न सक्ने छैन ।
अन्त्यमा, आजको युगमा सामाजिक सञ्जाल नबुझ्ने पार्टी समय नबुझ्ने पार्टी हो । राजनीतिक प्रभाव अब केवल सडकमा होइन, स्क्रिनमा पनि जित्नुपर्ने युग आएको छ ।
इतिहास सधैं भन्छ–
समयसँग नहिँड्ने शक्ति
अन्ततः इतिहासमै सीमित हुन्छ ।








प्रतिक्रिया