२६ असार २०८३, शुक्रबार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विषयमा छलफल हुनेछ । साथै, बैठकमा विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीले बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।