१ श्रावण २०८३, शुक्रबार

देउवा पक्षले भन्यो- आयोगको निर्णय मान्दैनौँ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णय नमान्ने स्पष्ट पारेको छ ।

आज निर्वाचन आयोगले सभापति गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरेपछि देउवा पक्षले आयोगको निर्णय अस्वीकार्य भएको स्पष्ट पारेको हो ।

पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको भन्दै कानूनी लडाईँ लड्ने बताए ।

‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’