२३ जेष्ठ २०८३, शनिबार

रवि लामिछाने लगायत माथिको संगठित र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने तयारी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता लिने तयारी भएको छ।

महान्यायाधिवक्ता कार्यालयले विवाद बढेपछि एक जनाको मात्र होइन, सबै अभियुक्तको हकमा समान रूपमा यी अभियोग नलगाउने निर्णय कार्यान्वयनमा लैजान निर्देशन दिएको हो।

यसअनुसार अब कास्की, काठमाडौं, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा दर्ता मुद्दाहरूमा ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहनेछ।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अभियोग संशोधन गर्ने निर्णय भइसकेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ।