१३ असार २०८३, शनिबार

‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट ४ डिजाइनरसहित ७ विजेता घोषित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको प्रतिस्पर्धात्मक प्रतियोगीतामा आयोजकले डिजाइनरहरुलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरेर ४ वटा थिम दिइएको थियो । जसमा डेनिम फिचरतर्फ रेजिना श्रेष्ठ, ग्ल्याम इन प्याचतर्फ प्रतीक गुरुङ, एक्जोटिक फौनातर्फ इमायुङ राई र इकोज अफ टाइमतर्फ युयान वाङ (सेलिना शाही) विजेता बने ।

बिहीबार साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतिस्पर्धामा सामाजिक सञ्जालमा भएको प्रतिस्पर्धा अनुसार विजेता समेत छानिएको थियो । जसमा आई आई एफ टी मोस्ट लाइक्ड लेजेन्ड अवार्ड नीलम दास, आई आई एफ टी स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड आयुषा श्रेष्ठ, आई आई एफ टी पब्लिक च्वाइस अवार्ड प्रमिला श्रेष्ठले हात पार्न सफल भए । सम्पूर्ण विजयी प्रतियोगी डिजाइनरहरुलाई नगद तथा अवार्डबाट सम्मानित गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट डिजाइनर छनोटका लागि नेपालका चर्चित फेसन डिजाइनरहरू सहितको ६ निर्णायक महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे, अंकित माइती रहेका थिए । एफएनसिसिआईका पूर्वअध्यक्ष भवानी रानाको प्रमुख आतिथि रहेको कार्यक्रममा पूर्वमिस नेपाल इन्टरनेसनल २०१७ तथा कलाकार नीति शाह, ‘मिस नेपाल वल्र्ड २०२५’ लुना लुइटेल, ‘मिस नेपाल कोस्मो २०२५’ दीपशिखा नेपाल, ‘ मिस नेपाल इन्टरनेशनल २०२५’ उरुषा भण्डारी, ‘मिस नेपाल अर्थ २०२५ सोनी घले’ शो टपरको रुपमा स्टेजमा प्रस्तुत भएका थिए ।

कार्यक्रम आईआईएफटीले विगत १ दशकदेखि योजना गर्दै आएको हो । आईआईएफटीले डिप्लोमा कोर्ष अध्ययन गर्दै गरेका आफ्ना विद्यार्थीहरुलाई ‘ड्रेस टु इम्प्रेस’मार्फत फेसनसम्बन्धी थप ज्ञान प्रदान गर्दै उनीहरुको सृजनालाई आम जनमासमा प्रस्तुत गर्दै आएको छ । जहाँ, डिजाइनर आफैंले तयार पारेका पहिरनमा प्रस्तुत हुने गरेका छन् । त्यसैले उनीहरुलाई मोडलिङबारे पनि ज्ञान लिन पाउनेछन् । फेसन डिजाइनर बन्न चाहनेहरुका लागि हब बनेको आईआईएफटीले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गराउँदै आएको हो । काठमाडौंको बागबजार प्लाजा र कमलादीस्थित हेरिटेजप्जाजा तथा ललितपुरको कुमारीपाटी रहेको आईआईएफटीमा इन्टेरियर डिजाइनको समेत कोर्ष रहेको गराउँदै आएको छ ।

आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार फेसन डिजाइनिङका विद्यार्थीलाई ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिताले थप ज्ञान र अनुभव संगाल्ने अवसर दिएको छ । उनले भने, ‘फेसन डिजाइनिङ क्रियटिभ कार्य हो, जुन कार्य जनमानसमा पुर्याउन स्टेज आवश्यक हुन्छ । त्यसैअनुरुप विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’लाई निरन्तरता दिँदै आएका हौँ ।’