२१ जेष्ठ २०८३, बिहिबार

फिल्म ‘परिवर्तन’को प्रचारप्रसारमा झापा पुग्यो निर्माण टिम, माइमेलादेखि कलेजमा पुग्दै कलाकार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ । निर्माण टिमले कलाकारसहितलाई लिएर यतिबेला पूर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ । निर्माण टिमले हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदीमा लाग्ने मेलामा समेत प्रचारप्रसार गरेको गर्‍यो । लाखौं मान्छेको उपस्थिति हुने माइमेलामा फिल्मको प्रचार गरिएको थियो । दर्शकसँगै कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए । पछिल्लो समय यस फिल्मको गीत ‘पाकेको चिउरी’ चर्चामा रहेको छ । यसै गीतमा कलाकार र उपस्थिति हजारौं दर्शकहरुले नाचेर प्रचारप्रसारमा साथ दिए ।

फिल्मप्रति दर्शकको चासो पाएपछि फिल्मका अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली लगायतका कलाकारहरु उत्साहित बने । फिल्मका निर्देशक विजय केरुङले हिजो माइमेलामा दर्शकको उपस्थितिले आफू अत्यन्त खुशी भएको बताए । उनले प्रचारप्रसारलाई अझै तीव्रता दिनका लागि आज झापामा रहेका विभिन्न कलेज तथा स्कुलमा पुगेर विद्यार्थीसँग सात्क्षात्कार गर्ने बताए । उनी भन्छन्, ‘फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रमोसनमा कुनै कसुर बाँकी राख्दैनौँ । हिजो माघ १ गते माइमेलामा हामीले दर्शकसँगै रमाइलो गयौँ । आज स्कुल र कलेजमा पुग्नेछौँ ।’ पछिल्लो समय दर्शकले लोकलयमा आधारित यस फिल्मको ‘पाकेको चिउरी’लाई मन पराइदिएका छन् । साथै, यस फिल्मको ट्रेलरलाई दर्शकले तीन दिनमा नै ११ लाख भन्दा बढिले युटुबमा हेरिसकेका छन् । दर्शकप्रतिको चासोले फिल्मका कलाकार तथा निर्माण पक्ष उत्साहित देखिन्छन् । यतिबेला पूर्वमा फिल्मका निर्माता दीपक सिवाकोटी, निर्देशक विजय केरुङ, अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली लगायतले थप प्रचार गरिरहेका छन् ।

एक्सन हिरोका रुपमा छुट्टै पहिचान बनाएका अभिनेता सुशील श्रेष्ठ, हिट फिल्म दर्शकमाझ पस्किएकी अञ्जना बराइलीको केमेष्ट्रीले दर्शकमाझ फिल्मको छुट्टै हाइप बढाइरहेको छ । त्यसले पनि होला दर्शकले फिल्मको टिजर, ट्रेलरका साथै गीतलाई मन पराइदिएका छन् । फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठको डाइलक ‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’ चर्चाको विषय बनेको छ । सामाजिक सञ्जाल तथा टिकटकमा यसको भिडियो बनाउने पनि उतिकै मात्रामा बढेको देखिन्छ । एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो फिल्मले सत्ताको पावरमा नेपालले गर्ने प्रवृतिलाई प्रस्तुत गरेको देख्न सकिन्छ । अभिनेता सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमाझ बेग्लै कौतुहलता प्रदान गरेको छ । फिल्ममा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भूमिका रहेको छ ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपक सिवाकोटीको कथा तथा लगानी रहेको छ । फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन् । फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ । साथै, फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ ।