२४ जेष्ठ २०८३, आइतबार

रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण, मागभन्दा दोब्बर आवेदन दर्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ । जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । जसमा ९ सय ३६ महिला र ५ हजार ३ सय ४८ पुरुष रहेका छन् । रौतहटमा निर्वाचन सुरक्षाका लागि ३ हजार ९ सय ५१ जना म्यादी प्रहरीको आवश्यकता रहेको भन्दै यसअघि नै सूचना आह्वान गरिएको थियो ।

आवेदन संकलनका लागि जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरमा व्यवस्था मिलाइएको थियो ।

निर्वाचन प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने र कुनै फौजदारी अभियोग नलागेका नेपाली नागरिकले आवेदन दिएका हुन् । आवेदन दिएकाको भर्ना प्रक्रियाको तालिका अनुसार हुनेछ । प्रहरी कार्यलयमा माघ ४ गते सम्पर्क गर्ने, माघ ५ गतेदेखि ९ गतेसम्म छनौट प्रक्रिया र अन्तिम नतिजा प्रकाशन माघ १२ गते हुने जनाइएको छ । निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन म्यादी प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।