२४ जेष्ठ २०८३, आइतबार

‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ । माघ १ अर्थात माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत रिलिज गरेको हो । गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ । गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । गीतको भाव अनुसार उनीहरुको अभिनय सुहाउँदो देखिन्छ ।

यो गीतलाई किरण परियारले गाएका छन् भने अभि सुनारले शब्द संगीत भरेका छन्। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहका अलवा प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ । यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापासहित अन्य निर्माण टिम लागि परेका छन् ।

चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनी स्वयले लेखेका हुन् । फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ । गायनमा रवि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ । साथै, फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको छ । नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन् । यसअघि यो फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’यतिबेला चर्चामा छ । फिल्मको पोस्टरदेखि गीतलाई समेत दर्शकले अत्यधिक रुचाएका थिए । ‘लैजा खबर ए हावा’लाई नेपाली भर्सनमा रुचाएपछि निर्माण पक्षले नेवारी भर्सनमा समेत रिलिज गर्‍यो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेवारी भर्सनमा ट्रान्सलेट गर्दै उनका छोरा यमन श्रेष्ठले नेवारी गीत गाएका हुन् । यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ ।