२१ जेष्ठ २०८३, बिहिबार

गरिमा विकास बैंकले परिवर्तन गर्‍यो लोगो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ आज माघ १ गते बिहीबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।

विकास बैंकको दीर्घकालिन रणनीतिअन्तर्गत कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।

परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनिय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास बैंकले लिएको छ । यस अवसरमा बैंकले सम्पूर्ण ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।