२४ असार २०८३, बुधबार

विद्रोही कांग्रेसको सभापतिमा गगनकुमार थापा, यस्तो छ नयाँ कार्यसमिति (सूचीसहित)

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएका छन्। भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले महामन्त्री थापालाई सभापतिमा चयन गरेको हो।

त्यस्तै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेतृ पुष्पा भूसाल उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

महामन्त्री पदमा गुरूराज घिमिरे र प्रदीप पौडेल सर्वसम्मत भएका छन्। सहमहामन्त्रीमा विभिन्न क्लस्टरबाट निम्न नेताहरू सर्वसम्मत चयन भएका छन् –

– फरमुल्लाह मन्सुर (मुस्लिम)

– मुक्ता कुमारी यादव (मधेसी)

– प्रकाश रसाइली (दलित)

– डिला संग्रौला पन्त (महिला)

– बहादुर सिंह लामा (आदिवासी जनजाति)

– उदयशमशेर राणा (खस आर्य)

– योगेन्द्र चौधरी (थारू)

– कर्ण बूढा (पिछडिएको समुदाय)

दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको कांग्रेसले जनाएको छ।

यस्तो छ कार्य समिति