काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले बैंक तथा बैकका सहायक कम्पनीहरुसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीव एण्ड एसोसिएट्सलाई पुनः नियुक्त गरेको छ ।
यसैगरी, नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।








प्रतिक्रिया