२१ जेष्ठ २०८३, बिहिबार

काँग्रेस संस्थापन पक्षले गगन र विश्वलाई पार्टीबाट निकाल्यो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनका आयोजनक रहेका गगन र विश्व सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले विशेष महाधिवेशनतर्फ लागेका नेताहरूलाई भूमिकामा फर्किन पनि आग्रह गरेको छ ।