१५ असार २०८३, सोमबार

भ्रम फैलाउनेलाई ज्योति मगरले भनिन्- श्रद्धाञ्जली !

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकदोहोरी गायिका ज्योति मगरले आफूलाई चन्द्रौटामा लखेटिएको भन्ने भ्रामक समाचार फैलाउनेहरूलाई व्यंग्यात्मक शैलीमा ‘श्रद्धाञ्जली’ दिएकी छन्।

सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले गलत समाचार फैलाएर आत्मरति लिनेहरूलाई लक्षित गर्दै तीव्र कटाक्ष गरेकी हुन्।

ज्योतिले उक्त समाचार सुनेर खुशी भएका आफ्ना ‘प्यारा दुश्मनहरू’लाई सम्बोधन गर्दै, आफूलाई लखेटिएको भनिएको कार्यक्रम आफ्नो नभई अर्कै कलाकारको रहेको उल्लेख गरेकी छिन् । उक्त सत्य बाहिर आएपछि भ्रामक समाचार फैलाउनेहरूको मनमा कति चोट पर्यो होला भन्ने कुरा आफूले बुझ्न सक्ने उनले लेखेकी छिन् ।

उनले आफू सहभागी भएको कार्यक्रम भने दाङको घोराहीमा सभ्य र भव्य रूपमा सम्पन्न भएको स्पष्ट पारिन् ।