२६ जेष्ठ २०८३, मंगलबार

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अंकित दरका १०,०९,५३१ कित्ताले हुन आउने १०,०९,५३,१०० रुपैयाँ रकम बराबरको साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनका लागि अन्नपूर्ण माछा दाना उद्योगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा साधारण शेयर निष्कासन गर्ने सम्झौता भएको हो ।

अन्नपूर्ण माछा दाना उद्योग नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग मध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ । कम्पनीले देशभर फैलिएको सशक्त वितरण सञ्जालमार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरुलाई आफ्ना उत्पादनहरु आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउँदै आएको छ ।