३० आश्विन २०८३, शुक्रबार

ट्रम्पको महत्वाकांक्षाप्रति रुसको व्यंग्यात्मक शैलीमा चुनौती

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका सम्बन्धमा निकै गम्भीर देखिएका छन् । तर, उनको यो महत्वाकांक्षाप्रति रूसले भने व्यंग्यात्मक शैलीमा चुनौती दिएको छ ।

रूसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पुटिनका निकै नजिकका पात्र दिमित्री मेदभेदेभले हालै एक पोस्टमार्फत ट्रम्पलाई ग्रीनल्यान्ड कब्जा गर्न चेतावनी दिएका हुन् ।

मेदभेदेभले सामाजिक सञ्जालमा लेखेका छन्, “यदि ट्रम्पलाई ग्रीनल्यान्ड कब्जा गर्नु छ भने चाँडै गरे हुन्छ । त्यहाँ केही दिनमै एक अप्रत्याशित जनमत संग्रह हुनसक्छ, जसमा टापुका ५५ हजार बासिन्दाहरू रूसमा सामेल हुनका लागि भोट हाल्न सक्छन् ।”

रूसी समाचार एजेन्सी ‘तास’का अनुसार मेदभेदेभको यो पोस्ट पूर्ण रूपमा व्यग्यात्मक शैलीमा गरिएको हो । उनले यसो भएको खण्डमा अमेरिकी झन्डामा कुनै नयाँ तारा नथपिने बरु रूसले आफ्नो ९०औँ संघीय विषय प्राप्त गर्ने अगाडि बताएका हुन् ।