३१ असार २०८३, बुधबार

राजनीतिक सन्देश प्रवाह नगर्न नेपाल टेलिकमको सेवा प्रदायकहरूलाई निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएसमा आधारित भ्यालु एडेड सर्भिस (VAS) प्रणाली प्रयोग गर्ने सेवा प्रदायकहरूलाई राजनीतिक प्रकृतिका सन्देशहरू पठाउन रोक लगाएको छ।

टेलिकमका अनुसार, केही सेवा प्रदायकले व्यावसायिक प्रयोजनका लागि अनुमति लिए पनि ग्राहकहरूलाई राजनीतिक सन्देश पठाइरहेको गुनासो प्राप्त भएपछि उनीहरूलाई सचेत गराइएको हो।

नेपाल टेलिकमले स्पष्ट पारेको छ कि उसले विभिन्न व्यापार-व्यवसाय प्रवर्द्धनका लागि सेवा प्रदायकहरूलाई एसएमएस पठाउने स्वीकृति दिने गरे पनि कुनै पनि सेवाग्राहीको व्यक्तिगत विवरण वा मोबाइल नम्बर उपलब्ध गराउँदैन।

सेवा प्रदायकहरूलाई जातीय, क्षेत्रीय, धार्मिक, वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने खालका सन्देश प्रवाह नगर्न कडा निर्देशन दिइएको छ।

टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता गतिविधि नगर्न सबै प्रदायकहरूलाई अनुरोध गरिएको हो।

कम्पनीले ग्राहकको गोपनीयताप्रति आफू सदैव संवेदनशील रहेको र भविष्यमा पनि यसको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।