काठमाडौं । लमजुङ अमेरिका सेवा समाजको अध्यक्षमा सागर कुँवर चयन भएका छन् । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतबार सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षहरुमा कुम गुरुङ, प्रेम घिमिरे, सचिवमा प्रेम कमली, कोषाध्यक्षमा स्वस्तिका घिमिरे चयन हुँदा सदस्यहरुमा सुदीप अधिकारी, सनोध कुँवर, राजेन्द्र कुँवर, विकास कुँवर, राजकुमार गैरे, र सञ्जय थापा चुनिएका छन् । तत्कालका लागि ११ जना सदस्य चयन गरिएको र बाँकी २ जना पछि मनोनयन गरिने बताइएको छ ।
नयाँ कार्यसमितिलाई आइतबार नै कार्यभार हस्तान्तरण गरिएको छ । कार्यकाल हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष गणेश अधिकारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा सचिव प्रेम कमलीले सन् २०२३–०२६ को कार्यकालमा भएका विविध गतिविधि तथा आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार प्रभु थापा, सल्लाहकार शसी थापा लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष कुँवरले लमजुङबासीबीचको एकता, सहकार्य र सेवा भावलाई अझ सुदृढ बनाउँदै संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया