५ श्रावण २०८३, मंगलबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बिहान ११ बजे बैठक बोलाएका हुन् ।

मुख्य सचिव पौडेलले जारी गरेको केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबारका दिन बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन जारी रहँदा पार्टी फुटको दिशातर्फ अगाडि बढिरहेको छ ।