काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मोमार्फत ‘आइएमई गरौँ, उपहार जितौँ’ योजना सार्वजनिक गरेको छ । यही पुस २१ देखि चैत १७ सम्म सञ्चालनमा रहने यो अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
टिक्मो एपमार्फत साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कारअन्तर्गत एकजना भाग्यशाली विजेताले बीवाईडी एटो १ ईभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुई जना भाग्यशाली विजेताले यादिया ओविन ईभी स्कुटर जित्न सक्नेछन् । साथै, साप्ताहिक विजेताअन्तर्गत १२ भाग्यशाली विजेताले आइफोन १७ जित्न सक्नेछन् । टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली व्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफूले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।









प्रतिक्रिया