३१ असार २०८३, बुधबार

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२ औं वार्षिक साधारणसभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआई)ले काठमाडौंमा आफ्नो १२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाका अनुसार यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा संरक्षक राजेशकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पुर्‍याउँदै आएको सहयोगको महत्व उल्लेख गरे । वार्षिक साधारणसभामा आगामी तीन वर्षका लागि सञ्जय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि एनआईसीसीआईका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसायदेखि व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजीकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआईसीसीआईको भूमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘मेम्बर अफ द इयर २०२५’को सम्मान प्रदान गरिएको छ भने कल्याण सिलवाललाई ‘एनआईसीसीआई सीएसआर कम्युनिटी २०२५ अवार्ड’ प्रदान गरिएको थियो ।