२९ आश्विन २०८३, बिहिबार

एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान । नेकपा (एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले पालिकास्तरमा सन्देशसभा तथा विस्तारित बैठक सञ्चालन गरिरहेको छ ।

आजसम्म पाँचवटा पालिकाहरुमा कार्यक्रम सम्पन्न भैसकेको नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए । अभियान अन्तर्गत आज आइतबार छत्रेश्वरी गाउँपालिकामा विस्तारित बैठक सम्पन्न भएको छ ।

महाधिवेशनबाट तय भएका राजनीतिक नीति, कार्यक्रम र वैचारिक दिशालाई कार्यकर्ता तहसम्म पुर्‍याउने, संगठनलाई स्थानीयस्तरसम्म मजबुत बनाउने, राष्ट्रिय राजनीतिमा एमालेको भूमिका तथा दृष्टिकोण नागरिकसामु प्रस्ट पार्ने उद्देश्य सहित पालिकास्तरमा कार्यक्रमहरु सञ्चालन भैरहेको जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढथोकीले जानकारी दिए ।

यसअघि जिल्लाको बनगाड कुपिण्डे नगरपालिका, शिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा कार्यक्रम सम्पन्न भइसकेका छन् । जिल्ला कमिटीको पुस १८ गते बसेको बैठकको निर्णयअनुसार दार्मा गाउँपालिकामा पुस २९ गते, बागचौर नगरपालिकामा पुस ३० गते, कालिमाटी गाउँपालिकामा माघ २ गते र कपुरकोट गाउँपालिकामा माघ ३ गते सन्देशसभा तथा विस्तारित बैठक तय गरिएको छ ।

महाधिवेशनपछि पार्टी नयाँ उत्साह र नयाँ कार्यदिशासहित अघि बढेको भन्दै जिल्ला कमिटी सचिव पुस्पा वोहोराले त्यसलाई आधारभुत तहसम्म लैजानु अहिलेको मुख्य आवश्यकता भएको बताए । छत्रेश्वरीको कार्यक्रममा प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटि, पालिका कमिटीका पदाधिकारी एवं सदस्यहरु, पालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधी, विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी र शुभचिन्तकहरुको सहभागिता रहेको पालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा वडास्तरमा पार्टीका गतिविधि, पछिल्ले राजनितिक अवस्थाका बारे छलफल भएको र नेताहरूले एमाले अब मजबुत राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित हुने दिशामा अघि बढेको भन्दै पार्टीभित्र अनुशासन, एकता र जनसम्पर्कलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको बताइएको छ ।

पार्टीको राजनीतिक र संगठनात्मक सन्देश पालिकास्तरसम्म पुर्‍याउने काम भइरहेको भन्दै एमाले सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंहले पार्टीले बाँकी पालिकाहरूमा पनि तोकिएको मितिमा कार्यक्रम सम्पन्न हुने जानकारी दिए ।