एकान्तकुना, ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रिया अनावश्यक रूपमा चरण–चरणमा लम्ब्याउने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
आज ललितपुरको एकान्तकुनामा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ गतेबाट सुरु हुने निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले) निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको पनि ओलीले उल्लेख गरे ।

“फागुन २१ मा सुरु गरेर चरण–चरणमा लम्ब्याउने कुरा स्वीकार्य छैन,” अध्यक्ष ओलीले भने ।









प्रतिक्रिया