२९ आश्विन २०८३, बिहिबार

बकैया कपको तयारी पूरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । ७ औं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । पर्सि सोमबारदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए ।

सातौं संस्करणदेखि महिला र पुरुष दुवै तर्फको खेल समावेश गरिने भएपछि प्रतियोगिताप्रति झनै उत्साह बढेको संयोजक थिङले बताए । यसले स्थानीय खेलाडीहरूलाई थप अवसर प्रदान गर्नुका साथै खेलकुद क्षेत्रमा लैङ्गिक समानतालाई पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । स्थानीय तहमा खेलकुदको विकास, युवाहरूलाई लागूपदार्थ, हिंसा तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राखी सकारात्मक र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले बकैया कप आयोजना हुँदै आएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताले गाउँपालिका भित्रका युवाबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकको छ ।