१६ असार २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । शनिबार ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्दैछ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।