१२ श्रावण २०८३, मंगलबार

ट्रम्पको दाबी– हामीले गरेनौँ भने रूस वा चीनले ग्रीनल्याण्ड कब्जा गर्नेछ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नजर भेनेजुएलापछि अब ग्रिनल्याण्डतर्फ गएको छ । ग्रिनल्याण्ड कब्जा गर्ने या किन्नेबारे ट्रम्पले शीर्ष अधिकारीहरुसँग छलफलमा बढाएका हुन् ।

ट्रम्पले यसका लागि ग्रिनल्याण्डका नागरिकहरूलाई १ लाख डलर अनुदानको घोषणा पनि गरेका छन् । योसँगै, ग्रिनल्याण्डप्रति ट्रम्पको अडान कडा हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले भनेका छन् कि अमेरिकाले ग्रीनल्याण्ड मुद्दामा कुनै कारबाही गरेन भने रुस र चीनले हस्तक्षेप गर्नेछन् । साथै, ट्रम्पले स्पष्ट पारेका छन् कि वाशिंगटनले उनीहरूलाई छिमेकीको रूपमा चाहँदैन ।

राष्ट्रपति ट्रम्पले तेल र ग्यासका विषयमा शीर्ष अधिकारीहरूसँगको भेटघाटको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामी ग्रिनल्याण्डको बारेमा केही गर्नेछौँ, चाहे उनीहरूलाई मन परोस् या नपरोस्, किनकि यदि हामीले गरेनौँ भने रूस वा चीनले ग्रीनल्याण्ड कब्जा गर्नेछन् ।’ ट्रम्पले भने, ‘हामी रूस वा चीनलाई छिमेकीको रूपमा चाहँदैनौँ ।’

उनले ग्रिनल्याण्डलाई नियन्त्रण लिन सहज तरिका अपनाइने समेत बताएका छन् । ‘म यो सजिलो तरिकाले गर्न चाहन्छु, तर यदि यो सजिलो तरिकाले भएन भने, हामीले यो कठिन तरिकाले गर्नुपर्नेछ ।’ ट्रम्पले भने ।