काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं तथा नवौं वार्षिक सााधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुसहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
साधारण सभाबाट लेखा परीक्षकको नियूक्ति, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ५,०३१,२३२,००० रुपैयाँ (अक्षरुपीः पाँच अर्ब तीन करोड बाह्र लाख बतीस हजार रुपैयाँ मात्र)को ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो ।
साधारणसभामा सञ्चालक किरण केसीबाट धन्यवाद ज्ञापन गरिएको थियो । सभा कम्पनी सचिव विनोद शर्मा पौडेलले सञ्चालन गरेका थिए ।









प्रतिक्रिया