१३ असार २०८३, शनिबार

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ आयो नेवारी भर्सनमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’ बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ ।

निर्माण टिमले शुक्रबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो । नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन् । यो गीतलाई युटुबमा अपलोड हुने बितिक्कै गीतले सकरात्मक प्रतिक्रिया पाएको छ ।

केही दिनअघि रवि ओड गाएको ओर्जिनल गीत ‘लैजा खबर ए हावा’लाई दर्शकले अत्यधिक रुचाएका छन् । नेवारी भाषामा यही गीत गाएका यमनले नेवाली भर्सनमा गाउँदा आफू निकै खुशी भएको बताए । बाबुल गिरीको शब्द संगीत रहेको यो गीतलाई नेवारी भाषामा कलाकार मदन कृष्ण श्रेष्ठले ट्रान्सलेट गरेका हुन् ।

निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीका अलवा नेवारी भाषामा गीत रेकर्ड गरिएको र स्रोता दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । उनी नेपाली र नेवारी भाषा बाहेक अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने विचारमा छन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा, पल शाहका अलवा प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ । यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापासहित अन्य निर्माण टिम लागि परेका छन् ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । साथै, फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाले गरेका छन् । नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन् । यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ ।