काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको हो । यस सम्बन्धमा वाटर इनर्जी सोलुसन र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलबीच बिहीबार सम्झौता सम्पन्न भएको छ ।
कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।















प्रतिक्रिया