२३ जेष्ठ २०८३, शनिबार

रवि र कुलमानबीच अझै जुटेन सहमति, के कुरा बन्यो बाधक ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अझै सहमति जुट्न सकेको छैन ।

रास्वपामा समाहित भएपनि कुलमानले विभिन्न माग अगाडि सारेपछि सहमति हुन नसकेको हो । उनीहरूबीच संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा सहमति हुन नसकेको बताइएको छ ।

कुलमान पक्षले यी विषयमा स्पष्ट र लिखित प्रतिबद्धता आवश्यक रहेको अडान राख्दै आएको छ । तर रवि लामिछानेले मौखिक रूपमा सहमति जनाए पनि लिखित सहमतिमा हस्ताक्षर नगरेपछि दुवैबीच मतभेद कायमै रहेको स्रोतको भनाइ छ ।

दुवै नेताबीच पटक–पटक छलफल भए पनि सैद्धान्तिक मुद्दामा एकमत नजुट्दा सहकार्यको प्रक्रिया अघि बढ्न सकेको छैन । कुलमान र रविबीच आज पनि भेटवार्ता भएको थियो ।