२९ जेष्ठ २०८३, शुक्रबार

रवि र कुलमानबीच भेटवार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उर्जामन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

बुधबार राति राजीनामा दिएका घिसिङले आज लामिछानेसँग भेटवार्ता गरेका हुन् । घिसिङले अब राजनीतिमा सक्रिय हुने निर्णय गर्दै राजीनामा दिएका थिए । भेटवार्तामा पार्टी समायोजन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएपनि अझै विवाद भने कायमै छ ।

उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संसोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।