काठमाडौैं । एनएमबि बैंकको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष गोयलको सभापतित्वमा सम्पन्न साधारणसभामा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन र २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया